वर्षाले बेनी-जोमसोम सडकखण्ड अवरुद्ध

आदर्श अनलाइन, म्याग्दी

विगत ३ दिनदेखि परेका अविरल बर्षाले उत्तरी म्याग्दी हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । लगातारको वर्षासँगै करिब आधादर्जन स्थानमा बाढीपहिरोले बाटो अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

सडकखण्ड अन्तरगत रघुगंगा गापा–१ बैसरी, दानाको रुप्से झरना गुईठेभीर सहित सुकेबगरमा पहिरो खसेको छ । बाढीपहिरोको अवलोकन गर्न जानुभएका दाना प्रहरी चौकीका इन्चार्ज असई दीपकबहादुर क्षत्रीलाई माथिबाट पहिरो खस्दा खुट्टामा चोट समेत लागेको छ ।

बाढीपहिरो अवरुद्ध भएको सडक शनिबार पन्छाउने बताइएको छ । बिहिबार बर्षासँगै कालिगण्डकीको सतह बढेसँगै भुरुङ तातोपानी संरक्षणमा प्रयोग भएको उपकरण बगाएको छ। पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव रयास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म बाढी पहिरो र उच्च वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन अपिल समेत गरिएको छ ।

उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डको ७६ किमीमा हाल स्तरोन्नति भइरहेको छ। यसैबीच जिल्लाभर दुईदिन देखि लगातारको बर्षाले जनजिवन अस्तब्यस्त भएको छ । पानीको सतह बढेसँगै तटिय क्षेत्रमा निर्माणधिन संरचनामा समेत क्षती पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *