कोरोना संक्रमणबाट बागलुङमा २५ वर्षीया महिलाको मृत्यु

आदर्श अनलाइन, बागलुङ

जिल्लाको पैयुपाटामा कोरोना संक्रमणको कारण एक २५ वर्षीया महिलाको ज्यान गएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटाकी २५ वर्षीया महिलाको आज विहान धौलागिरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

संक्रमित महिला रक्तअल्पता र कोभिड निमोनियाको समस्याबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या भएपछि जेठ १२ गते धौलागिरी अस्पतालमा भर्ना भएकी महिलाको अस्पतालले पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *