शाहीको उपचारका लागि निसीखोला सरोकार समाजको ४४ हजार सहयोग

आदर्श अनलाइन, बुर्तिबाङ
निसीखोला सरोकार समाजले निमोनियाबाट ग्रसित भइ पोखरा स्थित चरक मेमोरियल अस्पतालमा उपचारर एक युवालाई आर्थिक सहयोग गरेको छ । समाजले निमोनिया लगायत विभिन्न रोगबाट पीडित बनेका निसीखोला गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय रेशम शाहीलाई ४४ हजार रुपैयाँ सहयोग गरेको हो ।

शाहीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनी जेठ ४ गतेदेखि चरक अस्पतालमा भर्ना भएका थिए । अस्पताल स्रोतका अनुसार शाहीको उच्चरक्त चापको कारण टाउकोमा रगत जमेको र निमोनिया समेत देखिएको छ । उनको उपचार लागि आर्थिक अभाव भएपछि समाजले आर्थिक संकलन अभियान चालएको थियो । अभियानबाट संकलन भएको ४४ हजार रुपैयाँ संस्थाका सदस्य ज्ञानबहादुर क्षेत्रीले पीडतको खाता नम्बरमा जम्मा गरि दिएको बताए ।

पारिवारिक आवस्था कमजोर भएको हुँदा उनको उपचारमा समस्या परेको बताइएको छ । उपचार प्रभावित नहोस भन्ने उद्देश्यले निसीखोला सरोकार समाज लगायतका संघ संस्थाहरुले आर्थिक अभियान संचालन गरेका छन् । दुखमा परेका नागरिकलाई सहयोग गर्नु र जीवन रक्षामा जुट्नु मानवीय दायित्व भएको निसीखोला सरोकार समाजका सदस्य हेमराज सापकोटाले बताए ।

‘दुखमा परेका नारिकको जीवन रक्षा गर्नु सबैको दायित्व हो, त्यो हुँदा खेरी हामीले पनि हाम्रो संस्था निसीखोला सरोकार संस्थाले विभिन्न व्यक्तिहरुसँग समन्वय गरि अभियान संचालन गरेर संकलित रकम पीडित शाहीलाई बुझाएका छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *