बडिगाडमा चट्याङ लागेर १२ वर्षीय बालकको ज्यान गयो

आदर्श अनलाइन, बागलुङ

जिल्लाको बडिगाड गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो परेको चट्याङ लागेर बडिगाड गाउँपालिका–५ (साविकको वडा न-९ का १२ वर्षीय सुवास पेमी घाइते भएको र उपचारका लागि लैजाने क्रममै मृत्यु भएको स्थानीय राजन पाइजाले जानकारी दिनु भयो ।

ग्रामिण क्षेत्रमा पछिल्लो एक साता यता झरी पर्नुका साथै हावाहुरी र चट्याङ पर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *