बागलुङमा निषेधाज्ञामा कडाई, अनावश्यक हिँड्डुल गर्नेलाई कारबाही

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा निषेधाज्ञा खुकुलो भएको भन्ने जन गुनासो पछि प्रहरीले निषेधाज्ञामा थप कडाई गर्न थालेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला बागलुङमा लागु गरिएको निषेधाज्ञा प्रभावकारी गराउँन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको निर्देशन अनुसार प्रहरीले अनावश्यक हिँडडुल गर्ने व्यक्तिहरुलाई कडाइ गर्ने, होल्ड गर्ने तथा जरिवाना गर्न थालेको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग नगरी बजारमा हिँडडुल गर्नेको संख्या बढेको र सवारी साधनको समेत प्रयोग बढ्न थालेको भन्दै सोमबारदेखि प्रहरीले कडाई गर्न थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले बताउनुभयो । अनावश्यक हिड्नेलाई होल्ड गर्ने, माक्स नलगाउनेलाई जरिवाना गर्ने तथा सवारीसाधन चेकजाँचमा कडाई गर्न थालिएको हवारीको भनाई छ ।

हामीले मास्क नलगाइ हिड्ने व्यक्तिलाई सय रुपैयाँ र निजी सवारी साधनमा बाइक चलाउने व्यक्तिलाई दुई हजार र तीन र चार पाङग्रे सवारी साधन चलाउनेलाई पाँच हजार जरीवान गर्दै आएको छ ।

अहिलेसम्म १ सय ६७ जना व्यक्तिहरुबाट १७ हजार ६ सय उठेको र २ सय ३९ सवारी साधनबाट १ लाख ६० हजार उठेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केहीदिन यता बागलुङ बजारमा कोभिड–१९ को संक्रमण बढिरहेका बेला सुरक्षाका मापदण्ड प्रयोग नगरी बजारमा हिँड्नेको संख्या वृद्धि भएपछि प्रहरी कडाईका साथ प्रस्तुत भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *