बागलुङमा जेठ ३१ सम्म लकडाउन थप,बैंक वित्तीय संस्था खुकुलो

आदर्श अनलाइन,बागलुङ

बागलुङ जिल्लामा थप एक साता लकडाउन थप गरिएको छ ।

आज जिल्ला कोभिड संकट व्यवस्थापन समिति ९डिसिसिएमसी० को बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार बैंक वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको छ । अब बैंक वित्तीय संस्था बुधबार र आइतबार विहान ७ बजे देखि १० बजे सम्म खुला रहनेछ ।

बैठकले जेठ ३१ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो । बागलुङमा गत बैशाख २१ गतेदेखि लकडाउन थालिएको थियो । संक्रमण दरमा कमी नआएपछि ९डिसिसिएमसी० ले जेठ एक गतेदेखि १५ गते, त्यसपछि जेष्ठ २२ सम्म लकडाउन थप गरेको थियो । जुन भोली शनिवार सकिदैछ ।

‘संक्रमितको संख्या अझै पनि एक हजार हाराहारीमा छ, यसको ‘चेन ब्रेक’ गर्नका लागि जिल्लामा लकडाउन जारी गरिएको हो’ प्रजिअ कार्कीले भन्नुभयो ‘अझै पनि संक्रमितको संख्या बढि रहेको हुँदा लकडाउनलाई निरन्तरता र कडाई गरिने निर्णय भएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *