पर्वत समाज कतारको नयाँ नेतृत्व सर्वसम्मत,अध्यक्षमा श्याम न्यौपाने

आदर्श अनलाइन,पर्वत

पर्वत समाज कतारको पाचौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरिको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यम बाट शुक्रबार सम्पन्न अधिवेशनले श्याम न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले समितिको प्रथम उपाध्यक्षमा सन्तोष क्षेत्री, द्दितिय उपाध्यक्षमा राजेन्द्र अधिकारी, सचिवमा सेबक बि।क, कोषाध्यक्षमा महेन्द्र चालिसे र सह कोषाध्यक्षमा सुबास जि।सि रहेका छन् । त्यस्तै गरी सदस्यमा रमेश पौडेयल, टंक प्रसाद तिवारी, चित्र बहादुर पौडेल छन् ।

अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गिरिले अन्तर्राष्ट्रिय पर्वत समाज स्थापना गर्दा पर्वत समाज कतारको महत्त्वपूणर् भुमिका रहेको बताउनुभयो । दुई दशक देखि समाज सेवा सक्रिय संस्थासङ्ग आगामी दिनमा पनि सहकार्य जारी रहने बताउनुभयो । समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित अन्तर्राष्ट्रिय पर्वत समाज स्थापना काल देखि नै गृह जिल्ला संगै मातृभिमिमा आई लाग्ने हरेक समस्यामा निरन्तर सहयोगी भनेको भन्दै निस्वार्थ सेवालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्द्ता व्यक्त गर्नुभयो । पर्वत समाज कतारले गरेको सामाजिक कार्य उदाहरणीय रहेको भन्दै अन्य देशका संस्थाले पनि यसलाई अनुसरण गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पर्वत समाज कतार कतारको अग्रणी सामाजिक संस्था रहेको भन्दै संस्थाले गरेको समाज सेवाको प्रसंशा गर्नुभएको थियो । पर्वत समाज कतारले मातृभुमीमा तथा कर्मभुमी कतारमा गरेको समाज सेवा उल्लेखनीय रहेको भन्दै त्यसलाई निरन्तरता दिन सुझाव दिनुभयो । एनसिसि कतारले गर्ने सम्पुणर् कार्यमा पर्वत समाजले निरन्तर उत्कृष्ट सहकार्य गरेको भन्दै उहाँले आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गर्नुभयो ।

भर्चुअल माध्यामबाट सम्पन्न भएको अधिवेशनको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष झलक केसि, महासचिव गुणराज शर्मा, प्रवक्ता मणि भुर्तेल, पर्वत समाज कतारका संस्थापक भुपती भट्टराई, संरक्षक छबिलाल भट्टराई, अजय बिश्वकर्मा संस्थाका प्रमुख सल्लाहकार चिन्तामणी पौडेल, मानार्थ सदस्य डिल्लीराम भट्टराई, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, पर्वत समाज स्पेनका वरिष्ठ उपाध्यक्ष सन्तोष पौडेल, पर्वत समाज बेल्जियमका वरिष्ठ उपाध्यक्ष रुद्रमणी लम्साल, बागलुङ सेवा समाज कतारका अध्यक्ष सन्तोष पौडेल, तनहुँ सेवा समाज कतारका अध्यक्ष नारायण ढुंगाना , लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोला, स्याङ्जा सेवा समाज कतारका अध्यक्ष अजमत अलि, कास्की आदर्श समाजका वरिष्ठ उपाध्यक्ष अग्निधर देवकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष सबिन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्याम लाल न्यौपाने र सञ्चालन सचिव शेषराज तिमिल्सिनाले गर्नुभएको थियो ।

नेतृत्व चयन पश्चात् संस्थाका नवनिर्वाचित अध्यक्ष श्याम न्यौपानेले पदभार ग्रहण गर्दै पर्वत समाज कतारले गरेका सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै सबैको साथ सहयोग लिएर संस्थाको गरिमा थप उचाईमा पुर्याउने बताउनुभयो । साथै उहाले आफ्नो नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने सहयोग सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *