गण्डकी प्रदेश सरकारसंग सहकारीलाई सहुलियत दरको कर्जा उपलब्ध गराउन माग

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेतीले सहकारीमार्फत गरिवी निवारणमा योगदान गर्नका लागि सहुलियतपूर्ण कर्जा सहकारी बैंकमार्फत परिचालन गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गर्नु भएको छ ।

राष्ट्रिय सहकारी बैंकले बुधवार भर्चुअल रुपमा आयोजना गरेको सहकारीमा साइवर सुरक्षा तालिमको शुभारम्भ गर्दै उप्रेतीले यस्तो बताउनु भएको हो । गरिवीका रेखामुनी रहेका जनताको आयस्तर बढाउन तथा आत्मनिर्भर हुन प्रेरित गर्न सहुलियतपूर्ण कर्जा परिचालन आवश्यक रहेको भन्दै उप्रेतीले प्रदेश सरकारको योजना अनुसार लक्षित वर्गको उत्थानका लागि सहकारी बैंकमार्फत पूँजि परिचालन गर्न उहाँले आग्रह गर्नु भयो ।

सहकारीमार्फत उत्पादन, प्रशोधन र बजारीकरण लगायत सेवा क्षेत्रमा प्रभावकारी काम गर्नका लागि प्रदेश सरकार र सहकारी बैंकबीच सहकार्य गर्न आव्हान गर्दै उहाँले प्रदेश सरकारले सहुलियतपूर्ण कर्जा बैंकलाई उपलब्ध गराउने र बैंकले त्यसमा थप गरेर सहकारीमार्फत उत्पादनमा लगाउन सकिने उहाँले बताउनुभयो ।

हामीले प्रदेश सरकारसंग सहुलियत दरको कर्जाको माग गरेका छौ, प्रदेश सरकारले कर्जा उपलब्ध गरायो भने हामी सरकारको लक्ष्य अनुसार नै सहकारीमार्फत परिचालन गर्न तयार छौ, उप्रेतीले भन्नुभयो,–प्रदेश सरकारले उपलब्ध गराउने कर्जामा सत प्रतिशत थप गरी प्रदेशका सहकारीहरुमार्फत लक्षित वर्गमा परिचालित गर्छौ ।

प्रदेश सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराएमा बैंकको समेत थप गरी कृषि तथा पशुपंक्षी पालनमा आश्रित कृषक, स्वरोजगार सिर्जना गर्न दक्ष शिक्षित युवा, वैदेशिक रोजगारीबाट फर्किएका युवा, महिला र विपन्न तथा आर्थिक सामाजिक रुपमा पिछडिएका वर्गमा परिचालन गरिने उप्रेतीले बताउनुभयो ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि प्रविधिको जति आवश्यकता छ, त्यति नै प्विधिको सुरक्षाको आवश्यकता रहेकाले प्रविधिको सुरक्षाका लागि सचेत रहन आग्रह गर्नु भयो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अधिकृत सागर खनालले प्रविधिमार्फत सहकारीको सम्पूर्ण तथ्यांक अद्यावधिक गर्न आवश्यक रहेको बताउनुभयो । उहाले सरकार र अभियानबीच सहकार्य गरेर सहकारीलाई प्रविधिमैत्री तथा प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बैंकको सूचना सञ्चार तथा प्रविधि विभागका प्रमुख नविन कुमार कार्कीले सहकारीमा साइवर सुरक्षा विषयमा सहजीकरण गर्नु भएको थियो । कार्कीले सहकारीमा प्रविधिको आवश्यकता, प्रविधिको प्रयोगमा हुन सक्ने जोखिम, प्रविधिको प्रयोगमा ध्यान दिनु पर्ने विषयहरुमा जानकारी गराउनु भएको थियो ।

बैंकको शिक्षा तथा तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रदेश शाखा पोखराका प्रमुख नरेश पाण्डेले स्वागत गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *