बागलुङका पत्रकारलाई स्वास्थ्य सामाग्री


–आदर्श अनलाइन, बागलुङ
बागलुङमा क्रियाशिल पत्रकारहरुका निम्ति नेपाली कांग्रेसमा आवद्ध युवा नेताहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ मार्फत जिल्लाका पत्रकारहरुलाई वितरण गर्नका लागि माक्स, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लिराम सुवेदी र पूर्व स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहका प्रताप पौडेलले पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कंडेललाई स्वास्थ्य सामाग्री हत्तान्तरण गर्नुभएको थियो ।

कोरोना महामारीमा फ्रन्टलाईनमा खटिएका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लिराम सुवेदीले बताउनुभयो ।

उहाँहरुले पत्रकारहरुलाई एक हजार पीस माक्स, २० थान सहित पाँच लिटर स्यानिटाइजर, ४० थान एन नाइटीफाइव माक्स, दुईथान अक्सिमिटर, एक दर्जन साबुन तथा १० थान थर्मोमिटर प्रदान गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *