गुरुङले दिए नवनियुक्त मुख्यमन्त्रीलाई बधाई

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई फोनमार्फत बधाई दिएका छन् । उनले फोनमा पोखरेललाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

पोखरेल आजमात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शपथ ग्रहण गर्ने भएका छन् । उनले आज साढे ७ बजे शपथ लिन लागेका हुन् ।

मुख्यमन्त्रीसँगै ३ जनाले मन्त्रीको शपथ लिने तयारी छ । माओवादीबाट मधु अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले आज शपथ लिने तयारी रहेको कांग्रेस सांसद कुमार खड्काले बताए ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजमात्रै कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संविधानको १६८ (५) अनुसार पोखरेल मुख्यमन्त्री बनेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *