बैंकर्स बागलुङद्वारा धौलागिरी अस्पताललाई अक्सिजन शिलिण्डर सहयोग


–आदर्श अनलाइन, बागलुङ

बैँकर्स बागलुङले धौलागिरी अस्पताललाई कोरोना संग जुध्नका लागि आवश्यक अक्सिजन शिलिण्डर सहयोग गरेको छ ।

धौलागिरी अस्पतालमा कोरोना बिरामीको लागि अक्सीजनको अभाव नहोस भन्नका लागि संकटको घडिमा सात थान अक्सीजन शिलिण्डर सहयोग गरेको बैँकर्स बागलुङले जनाएको छ । बागलुङमा रहेका विभिन्न बैँकमा कार्यरत कर्मचारीहरुको संगठन बैंकर्स बागलुङले आफ्ना सदस्यहरुबाट जम्मा गरेको एक लाख ४६ हजार नगदबाट एक लाख ४० हजार रकमको सात थान अक्सिजन शिलिण्डर खरिद गरी धौलागिरी अस्पताललाई शनिबार हस्तान्तरण गरिएको छ । धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई बैँकर्स बागलुङका अध्यक्ष दिपक शर्माले अकिसजन शिलिण्डर हस्तान्तरण गर्नुभएको थियो ।

अस्पतालमा हस्तान्तरण गरिएका शिलिण्डरले कोरोनासंग जुध्न थप मद्दत गर्ने अस्पतालका प्रमुख मेडिकल सुपिरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताउनुभयो । धौलागिरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बैैकंर्स बागलुङलाई संकटमा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो । बैंकर्स बागलुङले बैंकका कर्मचारीलाई खोपको व्यवस्थापन गरिदिन समेत अस्पताल ब्यवस्थापन समितिलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *