रोटरी क्लवद्वारा अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग


–आदर्श अनलाइन, बागलुङ
स्वार्थ भन्दा माथि रहेर सेवा गरौ भन्ने नाराका साथ सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ बागलुङले धौलागिरी अस्पताललाई बिभिन्न सामाग्री सहयोग गरेको छ ।

कोरोना संक्रमणका बिरामीहरुको उपचार गर्दै आएको अस्पताललाई बिरामी र स्वास्थ्यकर्मीको सहजताका लागि २ वटा अक्सिजन कन्सनट्रेटर मेसिन, ३० थान पिपीई सेट र २ प्याकेट ग्लव्स सहयोग गरेको हो ।

करिव ४ लाख ५० हजार बरावरको सामाग्री क्लवका अध्यक्ष दयाराम शर्मा पौडेल र पदाधिकारीहरुले अस्पताल बिकास समितिका अध्यक्ष केवि राना मगर तथा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र बि पोखरेललाई हस्तान्तरण गर्नु भएको थियो ।

समाग्री ग्रहण गर्दै अस्पताल बिकास समितिका अध्यक्ष रानामगरले समाजिक क्षेत्रमा सक्रिय रोटरी क्लवसंगको सहकार्य बिगतदेखि नै रहेको र अस्पतालको सम्मृद्धि तथा बिकासका लागि प्राप्त सहयोग सामाग्रीको सदुपयोग हुने बताउनुभयो ।

बिभिन्न दाताहरुको सहयोग र सहकार्यका कारण धौलागिरि अस्पतालको स्वरुप फेरिएको र सेवा समेत प्रभावकारी रुपमा अगाडि बढेको उल्लेख गर्दै उहाँले आगामि दिनमा पनि क्लव र अस्पतालबिचको सहकार्य निरन्तर रुपमा हुने बताउनुभयो ।

कार्यक्रम क्लवका अध्यक्ष दयाराम शर्मा पौडेलको अध्यक्षता, आगामि अध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत र सचिव रामकृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *