कोरोनाबाट जोगिन खानपान र व्यायामसंगै आत्मबल बढाऔँ

आदर्श अनलाइन, बागलुङ
धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा.सरोज राय यादवले कोरोना संक्रमणबाट जोगिनका लागि खानपान र व्यायाम तथा आत्मबल बढाउन ध्यान दिनु पर्नेमा जोड दिनुभएको छ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र धौलागिरी आयुर्वेद औषधालयको संयुक्त आयोजनामा सोमबार भर्चुअल रुपमा आयोजित कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेद तथा योग चिकित्साको उपयोगिता विषयक कार्यक्रममा बोल्दै रायले यस्तो बताउनुभएको हो ।

कोरोना भाइरसको अहिलेसम्म पनि औषधी पत्ता लागेको छैन, यसबाट बच्नका लागि शरिरमा रोक प्रतिरोधात्मक शक्ति बढाउनु पर्दछ, रायले भन्नुभयो–‘रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि स्थानीय स्तरमा पाइने जटिबुटीजन्य चीजहरु समावेश भएको खाना र नियमित ब्यायाम गर्न आवश्यक छ ।’

हाम्रो वरपर धेरै औषधीजन्य जडिबुटी तथा खाद्य सामग्रीहरु खेर गैरहेका छन्, तिनको पहिचान गरी सदुपयोग गर्नका लागि सरोकारवालाहरुले ध्यान दिनु पर्नेमा रायको जोड थियो । कोरोनाका कारण सिर्जित संकटपूर्ण अवस्थामा मानिसहरुले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी रहेको रायको भनाइ छ ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले कोरोना संक्रमणका बारेमा सबैलाई सचेत बनाउन सहकारी संस्थाहरुको जिम्मेवारी रहेको बताउनुभयो ।

आदर्श सञ्चार सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्यहरुलाई कोरोनाबाट सचेत रहनका लागि टेलिफोनमार्फत सचेतना प्रदान गरिएको छ, अध्यक्ष जिसीले भन्नुभयो–‘संक्रमण बढ्दो अवस्थामा रहेकाले सबै सचेत तथा सुरक्षित भएर बस्नु पर्छ ।’ संक्रमित भइहालेमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार अगाडि बढ्न समेत उहाँले सुझाव दिनुभयो ।

आदर्श सञ्चार सहकारी संस्थाले संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुलाई टेलिफोनमार्फत स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरेको थियो । लकडाउनको समयमा स्वास्थ्य तथा खाद्यान्नका लागि आर्थिक समस्या भएमा नगद सापटी कार्यक्रम समेत सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले सूचना तथा सञ्चारमार्फत सचेतना प्रदान गर्नुका साथै वित्तीय र गैर वित्तीय कारोबार समेत गर्दै आएको छ ।

संंस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आएको छ । संस्थामा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३२ करोड बचत, ३४ करोड कर्जा लगानी र ४५ करोड कुल पूँजि रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *