काँग्रेस क्षेत्रीय समितिद्वारा स्वास्थ्य सामाग्री सहयोग

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ (ख) प्रदेश समितिले आफ्नो क्षेत्रमा पर्ने सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बागलुङ नगरपालिकाको–१२, १३ र १४ वडा जैमिनी नगरपालिकाका सबै वडा र बरेङ गाउँपालिकाका सबै वडा भित्र पर्ने झण्डै २० वटा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य ईकाइ, बरेङ र जैमिनीमा रहको कोभिड अस्पताल, प्रहरी चौकी, आर्युवेद औषधालय र काँग्रेस वडा समितिलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । स्वास्थ्य संस्था र वडा समितिलाई आवश्यक मास्क, स्यानिटाईजर पिपिई र अन्य स्वास्थ्य सामाग्री सहयोग गरिएको क्षेत्रीय सभापति नारायण शर्मा पौडेलले जानकारी दिए ।

कोभिड महामारीको दोस्रो चरणमा ग्रामिण क्षेत्रमा झनै ठुलो प्रभाव परेको र यसको रोकथामका लागि काँग्रेसले पनि सक्दो सहयोग गरेको पौडेलले बताए । उक्त स्वास्थ्य सामाग्री पौडेल सँगै नेपाली काँग्रेस बागलुङका सह–सचिव सिताराम रसाईली, महाधिवेशन प्रतिनिधि हरिहर शर्मा, क्षेत्रीय सचिव विष्णु पौडेल, क्षेत्रीय सदस्य सुमन भुषाल नेविसंघका जिल्ला सचिव श्रीकृष्ण पौडेल लगायतको टोलीले हरेक स्वास्थ्य संस्था र वडा–वडामा पु¥याएको थियो ।

करिब १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हरेक स्वास्थ संस्थामा पु¥यांईएको र आउँदा दिनमा पनि कोभिड नियन्त्रणका लागि जनताको साथमा काँग्रेस रहेको महाधिवेशन प्रतिनिधि हरिहर शर्माले बताए । ‘काँग्रेस हरेक जनताको साथमा छ । शर्माले भने,–‘संकटको बेला सानो सहयोगले पनि ठुलो आधार हुन्छ । आउँदा दिनमा आवश्यकता अनुसार सहयोग गर्ने छौं ।’ यस क्षेत्रमा काँग्रेसका युवा नेता डिल्लीराम सुवेदी, प्रताप पौडेल, नेपाल तरुणदल बागलुङका जिल्ला अध्यक्ष उमाकानन्त शर्मा बाबुको नेतृत्वले अक्सिजन कन्सन्ट्रेटेड, अक्सोमिटर लगायतको स्वास्ग्य सामाग्री प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *