रेशमा पहिरोका कारण तीन घर विस्थापित


–आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको रेशमा सडक भासिदा गएको पहिरोका कारण तीन घर विस्थापित भएका छन् । बागलुङ जिल्ला सदरमुकाम हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिदा सडक माथि र सडक मुनीका तीन घर विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीका अनुसार
रेश जोड्ने कच्ची सडक भासिएर तीनवटा घर उच्च जोखिममा परेको र अहिले सडकमा निरन्तर पहिरो खसिरहेको बताउनुभयो ।

सडक माथिका कृष्ण जिसी, बल बहादुर जिसी र सडक मुनीको चित्र बहादुर कार्कीको घर उच्च जोखिममा परेको छ । वर्षा र पहिरो नरोकिएकाले पहिरोले घर पुर्न सक्ने भएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको काठेखोला गाउँपालिकाका– रेशका वडा अध्यक्ष प्रेम लामिछानेले घटनास्थलबाट हामीलाई बताउनभयो । अहिले घटनास्थलमा प्रहरी समेत परिचालन भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *