नयाँ शैक्षिक सत्र सुरु, त्रिभुवन नमुना माविमा अनलाइनवाट भर्ना

फाइल तस्बिरः बागलुङको बडिगाड गाउँपालिका स्थित त्रिभुवन नमुना मावि ।

कमल पौडेल, बडिगाड

बैशाख १ मा सुरु हुने भर्ना अभियान मंगलबारदेखि देशभर नयाँ शैक्षिक सत्रसँगै सुरु भएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन चलिरहेको र भौतिक रुपमा विद्यालयमा उपस्थित हुने सम्भावना नभए पछि यस वर्षको शैक्षिक सत्रलाई फलदायी बनाउन ागलुङको बडिगाड गाउँपालिका स्थित त्रिभुवन नमुना माविले नयाँ अभियान आरम्भ गरेको छ ।

बागलुङको बडिगाड गाउँपालिका तथा गुल्मीको मुसिकोट नगरपालिकामा रहेका विद्यालयहरुले पनि सुचना सञ्चार प्रविधिका माध्यमबाट विद्यार्थीहरुलाई भर्ना आह्वान गरेका छन् । खर्वाङमा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयले वेबसाइटमा भर्ना फाराम राखेर अनलाइन मार्फत भर्ना हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ । यस क्षेत्रका विद्यालयहरुले जेठ मसान्त सम्म वार्षिक नतिजा प्रकाशन गरिसकेका छन् ।

विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले असारको पहिलो हप्ता पूर्ण रुपमा अनलाइन तथा फोन मार्फत विद्यार्थी भर्ना लिइनेछ । त्यस लगत्तै घर घरमै पाठ्यपुस्तक पुर्याउँदै बैकल्पिक माध्यमबाट कक्षा आरम्भ गर्ने तयारी गरेको प्रअ भण्डारीको भनाई छ । नेपाली तथा अंग्रेजी माध्यममा साधारण तथा प्राविधिक धारमा कक्षा संचालन गर्दै आएको विद्यालयले भर्नाको लागि विद्यार्थी अभिभावकलाई आह्वान गरेको छ ।

विगत ४ वर्ष देखि प्राविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म निशुल्क वालि विज्ञान (कृषि) विषयमा पठनपाठन सञ्चालन भैरहेको छ । विद्यालयले ३ वर्ष अघि देखिनै बागलुङ जिल्लामै सामुदायिक विद्यालय तर्फ पहिलो पटक विद्यालय वस समेत सञ्चालन गरिरहेको छ । ५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेको विद्यालयले यस वर्ष देखि माहुरीपालन समेत गर्न लागेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत थप कृषि कार्यक्रम सञ्चालन गर्न लागिएको विद्यालयका कृषि प्रशिक्षक दिपन बस्यालले जानकारी दिनुभयो । त्रिभुवन नमुना माविमा भर्ना हुन यहाँ क्लिक गर्न सकिनेछ ।
https://tbss.edu.np/student-admission-form/

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *