विपदमा सतर्क रहन काठेखोला गाउँपालिका अध्यक्षको अपिल

आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले लगातारको वर्षाका कारण हुन सक्ने जोखिमप्रति सचेत रहन गाउँपालिकावासीलाई अपिल गर्नु भएको छ ।

लगातारको वर्षाका कारण काठेखोलाका विभिन्न ठाउँमा बाढी पहिरोले जनजीवन प्रभावित हुन थालेपछि अध्यक्ष थापाले सतर्क रहन गाउँपालिकावासीलाई आव्हान गर्नु भएको हो ।

‘हाम्रो गाउँपालिकाका केही ठाउँहरुमा बाढी पहिरोले क्षति पु¥याएको छ, अझै थप जोखिम हुन सक्छ, संभावित जोखिमबाट सुरक्षित रहनका लागि सबैलाई अनुरोध गर्दछु,’ अध्यक्ष थापाले आफ्नो फेसबुकवालमा लेख्नुभएको छ ।

‘यस्तो विपद्को समयमा म आफै यहाँहरुको बिचमा रहनु पर्ने हो तर विवश छु, म मेरो श्रीमतीको उपचारका लागि अस्पतालमा रहनु परेको छ, तर पनि मेरो सबै तनमन यहाँहरुको बिचमा छ,’ अध्यक्ष थापाले भन्नुभएको छ–‘यो विपदको समयमा सबै सरोकारवाला निकायलाई सहयोगका लागि हार्दिक अपिल गर्दछु ।’

बाढी पहिरोका कारण काठेखोला वडा नंं ७ रेशका करिव १५ परिवार विस्थापित भएका छन् । अन्य वडाहरुमा पनि बाढी, पहिरोले क्षति पु¥याए पनि एकिन विवरण आउन बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाकी धर्मपत्नी कमला थापा कोरोना संक्रमण भएका कारण जेठ २९ गते देखि धौलागिरी अस्पताल बागलुङमै उपचाररत हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *