क्षतिग्रस्त काठेखोला माटरेवल पुलको विपद् व्यवस्थापनद्वारा निरिक्षण


आदर्श अनलाइन, बागलुङ
–तत्काल मर्मत गर्न सडक डिभिजनलाई निर्देशन

निरन्तरको वर्षातका कारण बागलुङको मालढुङ्गा स्थित मोटेरेवल पुलमा ठूलो क्षती पु¥याएपछि जिल्ला स्थित विपद् व्यवस्थापन समितिले स्थलगत निरिक्षण गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको नेतृत्वमा सुरक्षा निकाय तथा बागलुङ नगरपालिकाका प्रतिनिधिसहित स्थलगत निरिक्षण गर्नुभएको थियो । पुलको स्थलगत निरिक्षणका क्रममा पुल तत्कालै सडक डिभिजन कार्यालय बागलुङलाई मर्मत गर्न प्रजिअ कार्कीले निर्देशन दिनुभएको छ ।



प्रजिअ कार्की सहित बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगर, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुर्यलाल विश्वकर्मा लगायतले स्थलगत रिरिक्षण गर्नुभएको थियो । स्थलगत निरिक्षणमा पुग्नुभएको सडक डिभिजन कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमलाई पुल मर्मत गर्न निर्देशन दिइएको थियो ।

काठेखोलामाथी निर्माण गरिएको माटरेवल पुलमा बाढीले क्षती पु¥याएपछि बागलुङको दक्षिण भेगको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोर अन्तरगत रहेको उक्त मोटरेव पुलमा बाढीले ठूलो क्षति पु¥याएको हो । मंगलबार राति काठेखोलामा आएको बाढीले पुलको छेउछाउको ग्याविन बगाएपछि पुल उच्च जोखिममा परेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *