तनहुँ, गोरखा र लमजुङका सहकारीकर्मीलाई योजना निर्माण तालिम

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखा र जिल्ला सहकारी संघ तनहुँको संयुक्त आयोजनामा एक दिने वार्षिक योजना तथा बजेट तर्जुमा तालिम बिहीवार सम्पन्न भएको छ ।

दमौली शाखा अन्तरगत तनहुँ, गोरखा र लमजुङका सहकारी संघ संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई लक्षित गरी भर्चुअल माध्यमबाट तालिम सञ्चालन गरिएको थियो ।

सहकारीहरुलाई सक्षम रुपमा सञ्चालनका लागि योजनावद्ध तरिकाले अगाडि बढाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा तीन जिल्लाका विभिन्न सहकारी संघ संस्थाका ८० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

तालिमको शुभारम्भ गर्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीले सञ्चालन गरेको व्यवसायलाई प्रभावकारी र मर्यादित बनाउदै व्यवसायिक रुपमा सफलता प्राप्त गर्नका लागि योजना निर्माण र कार्यान्वयनमा जोड दिनुभयो । बिना योजना गरिने कामले प्रभावकारी नतिजा दिन नसक्ने भएकाले तत्कालिन र दीर्घकालिन योजना निर्माण गरी अगाडि बढ्न सहकारीकर्मीहरुलाई आव्हान गर्नु भयो ।

कार्यक्रममा गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारीमा योजना निर्माण अनिवार्य रहेको चर्चा गर्दै योजना बनाउने समयमा सहकारी ऐन, नियमावली, विभिन्न समयमा जारी भएका निर्देशन र संस्थाको विनियमका साथै सदस्यहरुको आवश्यकता र चाहनालाई समेत ध्यान दिनु पर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी संघ संस्थाहरुलाई प्रभावकारी योजना निर्माण र कार्यान्वयनमा प्रभावकारिता ल्याउनका लागि सहकारी बैंकसंग सहकार्य गर्न आव्हान गर्नु भयो ।

राष्ट्रिय सहकारी बैंक दमौली शाखा समन्वय उपसमितिका संयोजक तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवर, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, सचिव मदन पण्डितले सहकारी बैंकसंगको सहकार्यमा सञ्चालित तालिम प्रभावकारी भएको र आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

बैंकको तालिम विभागका अधिकृत नाराय सहकारीमा योजना निर्माण प्रक्रिया, संस्थाको उद्देश्य तथा लक्ष्य निर्धारण, प्रभावकारी अनुगमन तथा मूल्यांकनका लागि आवश्यक विषयहरु लगायतका विषय बजेटका विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन बैंकको दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *