बागलुङमा करेन्ट लागेर पर्वतका एक युवकको मृत्यु

आदर्श अनलाइन,बागलुङ

बागलुङ नगरपालिका-४ उपल्लाचौरमा करेन्ट लागेर शुक्रबार एक युवकको ज्यान गएको छ ।

ग्यारेजमा बाढीले ल्याएको गग्रेटो सहितको माटो सफा गर्ने क्रममा करेन्ट लागेर पर्वतको जलजला गाउपालिका-७ धाइरिङ घर भएका १९ बर्षका सागर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपल्लाचौर स्थित राजकुमार शर्माको ग्यारेजको माटो सफा गर्दा करेन्ट लागेर ज्यान गएको ससुरा याम बहादुर विकले बताउनुभयो । आफूले माटो उठाउने र ज्वाइले ठेलामा फाल्दै गर्दा करेन्ट लागेर ज्वाइको हेर्दा हेर्दै अचेत भएको र अस्पतालमा उपचारका लागि लगिएको विकको भनाई छ । करेन्ट लागि अचेत भएर लडेका नेपालीलाइ धौलागिरी अस्पताल लगिए पनि अस्पतालले केही समयमै मृत घोषित गरेको थियो ।

मृतक नेपाली ससुराको घरमा बस्दै आएका थिए । सामान्य ज्याला मजदुरी गर्ने नेपालीका पिताको पनि महिना दिन अघि मृत्यु भएको थियो । मृतकको शव अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *