डब्लूएचओले ग¥यो मुस्ताङका स्वास्थ्यकर्मीको प्रशंसा,‘स्वास्थ्यकर्मी हिरो हुन्’

आदर्श अनलाइन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ ।

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गर्नुभएको हो । गएको १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले खोप राख्ने भाँडोलाई पारी तारेको भिडियो हेरेपछि उहाँले प्रशंसा गर्नु भएको हो ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै उहाँले लेख्नु भएको छ, ‘स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, यो हाम्रो शक्ति र कर्तव्य हो ।’ उहाँले यस्ता हिरोहरु अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट वञ्चित भएका भन्दै यो न्याय नभएको बताउनु भएको छ । यस्तै, उहाँले समान रुपमा खोप वितरण गर्ने प्रयास गरिरहेको पनि बताउनु भएको छ ।

के थियो भिडियो ?

मुस्ताङको लेतेमा असार १ गते कोरोना खोपको दोस्रो डोज लाउने तालिका थियो । स्थानीय स्वास्थ्यचौकीमा ६० बर्षमाथिका जेष्ठ नागरिकलाई बोलाइसकिएको थियो । तर, कोल्डस्टोरमा रहेको खोप ढुवानी गर्ने क्रममा स्थानीय छापताङ खोलामा बढेर आयो । गाडी तार्न सक्ने अवस्था नभएपछि गाडी चालक र स्वास्थ्यकर्मीले लठ्ठीको सहाराले खोप राखिएको बाकस तारे ।

यो दृश्यलाई स्थानीय स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले खिचेकी थिइन् । सामाजिक सञ्जलामा चर्चामा रहेको यही भिडियो डब्लुएचओका महानिर्देशकले ट्वीट गरेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *