काठेखोलाको पुल मर्मतपछि यातयात सञ्चालन


आदर्श अनलाइन, बागलुङ

अबिरल बर्षाका कारण काठेखोला माथीबाट आएको ठुलो चट्टानले क्षतिग्रस्त कालीगण्डकी करिडोर अन्र्तगतको काठेखोला पुलको अस्थायी रुपमा चारदिनदेखि सञ्चालनमा आएको छ ।
केहि दिन यता परिरहेको अबिरल बर्साका कारण असार १ गते रातीको समयमा काठेखोला माथीबाट आएको चट्टानले खोला थुनेपछि पुलमा क्षती पु¥याएको छ ।

पुलको बागलुङ बजार तर्फको भागमा ठूलो क्षती पु¥याएको थियो । पुलमा क्षती हुँदा जिल्लाको दक्षिण भेग सडक सम्पर्क बिहिन बनेको छ । बागलुङ नगरपालिका–१२,१३,१४ जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका अत्यावश्यक सेवाका सवारी साधन पनि आवतजावत गर्न समस्या परेको थियो ।

डिभिजन सडक कार्यालय बागलुङका अनुसार अस्थायी रुपमा पुलको मर्मत गरी शनिबार साँझबाट सञ्चालनमा आएपनी ठूला सवारी छिर्न नसक्ने बताइएको छ ।

डिभिजन सडक कार्यालय बागलुङका ईन्जियिर सुरेन्द्र गौतमका अनुसार पहिरोका कारण भत्किएको काठेखोलाको पुल अस्थायी रुपमा निर्माण गरेर यातायात सेवा सुचारु गरेपनि पानीको वाहव कम हुँदा साथ स्थायी रुपमा पूर्वाधार निर्माण गरिने छ ।

अस्थायी रुपमै भएपनि पुलको मर्मत गर्दा बागलुङको दक्षिणभेग चारदिनपछि पुन सडक सञ्जालमा जोडिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *