अब पालिकामा पनि सहकारी संघ

आदर्श अनलाइन, बागलुङ
मुलुक संघीय प्रणालीमा गइसकेपछि विभिन्न संघ संस्थाहरु पनि सोही अनुसार निर्णमा भइ रहेको छन् । तत्कालीन अवस्थामा जिल्ला सदरमुकाम र केन्द्र मुकाममा रहेका संघ संस्थाहरु अहिले गाउँ–गाउँमा स्थापना भइरहेका छ ।

शिक्षा, स्वास्थ्य, सहकारी लगायतका कार्यालयहरु गाउँ/नगरपालिकामा स्थापना भइहेका छन् । सोही अनुसार विभिन्न संस्थाहरु पनि पालिकामै दर्ता हुन थालेका छन् । यसले आम नागरिकलाई सहजता प्रदान गर्न थालेको छ ।

सोही अनुसार कास्कीको पोखरा महानरपालिकामा नगर स्तरीय सहकारी संघ दर्ता भएको छ । पोखरा महानगरपालिकाले असार ४ गते संघलाई दर्ता प्रमाणपत्र जारी गरेको छ । पोखरा महानगरपालिका सहकारी ऐन– २०७५ को दफा (५१) को उपदफा (२) र पोखरा महानगरपालिका सहकारी नियमावली २०७६ को नियम (६) बजोजिम संघ दर्ता गरेको हो ।

पोखरा महानगरपालिका सहकारी ऐन– २०७५ को दफा (५१) को उपदफा (२) मा यस ऐन बमोजिमका गठन भएका संस्थाहरुले सहकारी हित र सिद्धान्तका आधारमा कानूनमा तोकिए बमोजिम महानगरपालिका स्तरीय सहकारी संघ र व्यवसायको सञ्चालनको लागि विशिष्टीकृत संघ बनाउन सक्ने उल्लेख गरेको छ ।

संघको तर्दथ समितिको अध्यक्षमा बलराम गौतम रहनुभएको छ । हाल संघमा ५६ वटा संस्थाहरु आवद्ध रहेका छन् । महानगर कार्यक्षेत्र भएका ३ सय ५७ वटै सहकारीलाई समेटेर अगाडी बढिने संघका महासचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै नियमावली मा महानगरपालिका भित्र दर्ता भई सञ्चालनमा रहेका कम्तिमा ११ वडाका विभिन्न विषयगत क्षेत्रका संस्था समेत समावेश गरी कम्तीमा ५१ वटा सहकारी संस्थाहरु मिलेर महानगरपालिकाले तोकेको कार्यविधि पूरा गरी महानगर सहकारी संघ गठन गर्न सकिने उल्लेख गरेको ।

त्यस्तै संघको विनियम दर्ता गर्ने अधिकारी समक्ष पेश गरी निजबाट स्वीकृत गरेपछि लागू हुने र महानगर सहकारी संघको काम, कर्तव्य र अधिकार संघको विनियममा तोकिए बमोजिम हुन नियमावलीमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *