धौलागिरी आयुर्वेद औषधालयको आयोजनामा परम्परागत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

आदर्श अनलाइन, बागलुङ
धौलागिरी आयुर्वेद औषधालय बागलुङले परम्परागत स्वास्थ्यकर्मीहरुलाई स्थानीय जडिबुटीको पहिचान, संरक्षण र प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

‘स्थानीय जडीबुटीको उपयोग, स्वास्थ्य रक्षामा सहयोग’ भन्ने मूल नाराका साथ औषधालयले शुक्रबार एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा औषधालयका प्रमुख डाक्टर सरोज कुमार राय र कविराज निरीक्षक कमल विक्रम पौडेलले स्थानीय जडिबुटी, भान्सामा पाइने तथा चिकित्सामा उपयोग हुने जडिबुटीहरुलाई समेटेर तिनीहरुको वैज्ञानिक नाम, स्थानीय नाम, स्वरुप, उत्पति, प्रयोय अंग, रोगहरुमा उपयोग, मात्रा, प्रयोग बिधि लगायतका विषयहरुमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा २१ जना सहभागी थिए । उनीहरुले जडीबुटीको प्रयोग सम्बन्धी आ–आफ्नो अनुभवहरु सुनाएका थिए । कार्यक्रम औषधालयका व्यवस्थापन समितिका अध्यक्ष राजिव घिमिरेको अध्यक्षता र औषधालयका लेखा अधिकृत देव शर्मा आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *