पर्वत समाज कतारद्वारा पुर्व अध्यक्ष पौडेलको बिदाई

पर्वत समाज कतारले पुर्व अध्यक्ष चिन्तामणी पौडेललाई बिदाई गरेको छ । कतारमा २ दशकको बसाई बिट मारेर नेपाल जान लाग्नुभएका पुर्व अध्यक्ष पौडेललाई शुक्रबार एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।

वैदेशिक रोजगारीको क्रममा २ दशक कतारमा रहदा पौडेलले पर्वत समाज संगै, गैर आवासीय नेपाली संघ लगाएतका संस्थामा आवद्ध रहेर समाज सेवामा उल्लेखनीय कार्य गर्नुभएको थियो । बिदाई हुँदै पुर्व अध्यक्ष पौडेलले ब्यक्तिका सबै आवश्यकता पूरा हुन सम्भव नभए पनि जे जति प्राप्त भएको छ त्यसमा सन्तुष्ट लिन सक्नु ठूलो कुरा रहेको भन्दै आफू कतार बसाईलाई बिट मारेर नेपाल जान लागेको बताउनुभयो ।

No description available.

कतारमा रहेका सामाजिक संस्थामा पर्वत समाज अग्रणी संस्था रहेको भन्दै उहाँले आगामी दिनमा संस्था थप उचाईमा पुगोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । साथै उहाले जन्मभुमीमा रहेर पनि पर्वत समाजले गर्ने हरेक गतिविधिमा साथ सहयोग रहने प्रतिवद्द्ता व्यक्त गर्नुभयो । कार्यक्रममा पर्वत समाज कतारका संरक्षक छबिलाल भट्टराई र अजय विश्वकर्माले पुर्व अध्यक्ष चिन्तामणी पौडेलले कतारमा रहेर गरेको सामाजिक कार्य उल्लेखनीय रहेको भन्दै संस्थाले सदैव सम्झने बताउनुभयो ।

No description available.

संस्थाका अध्यक्ष श्याम न्यौपानेको अध्यक्षतामा सम्पन्न बिदाई कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सन्तोष क्षत्री र संचालन सचिव सेवक बिकले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *