आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मनमाया अधिकारी गुरुङले आज पदभार ग्रहण गर्नु भएकाे छ ।
मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा मन्त्री गुरुङले गण्डकी प्रदेश अन्तर्गतका कर्मचारीहरुलाई कोभिड-१९ को जटिल परिस्थितिमा उच्च मनोवलका साथ देश र जनताको सेवा गर्न निर्देशन दिनु भएकाे छ ।
कार्यक्रममा मन्त्रालयका नव नियुक्त सचिव डा. विनोद विन्दु शर्माले प्रदेशको स्वास्थ्य अवस्था बारे उहाँलाई जानकारी गराउनु भएको छ ।