बागलुङका पत्रकारलाई प्रेस संगठनद्वारा स्वास्थ्य सामाग्री सहयोग


–आदर्श अनलाइन, बागलुङ
प्रेस संगठन नेपाल बागलुङले सोमबार जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

संगठनका सदस्यहरुद्वारा रकम संकलन गरि पत्रकार तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको प्रेस संगठन बागलुङले जनाएको छ । जिल्लामा क्रियाशिल ३५ जना पत्रकारलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । पत्रकारहरुलाई सर्जिकल मास्क र स्यानिटाईजर सहयोग गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासँघ बागलुङका अध्यक्ष नरेश कँडेल, पूर्व अध्यक्ष मुकेश चन्द्र राजभण्डारी, निवर्तमान अध्यक्ष दिल शिरिष, पूर्व सचिव राम थापा अविरल, पूर्व उपाध्यक्ष हिमाल शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रेस संगठन नेपाल बागलुङका अध्यक्ष थम्मन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण सापकोटा र स्वागत सज्जन कुमार सिहले गर्नुभएको थियो ।

सोही अवसरमा नेपाल टेलिकमको तर्फबाट नेपाल पत्रकार महासँघलाई कप र डायरी सहयोग गरिएको छ । कार्यालयका वरिष्ठ ईन्जिनियर केशव शर्माले नेपाल पत्रकार महासँघ बागलुङका अध्यक्ष नरेश कँडेललाई सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *