१३ दिनदेखि अवरुद्ध विद्युत संचालन

कमल पौडेल, बडिगाड

बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरमा विगत १३ दिनदेखि अवरुद्ध भएको विद्युत संचालनमा आएको छ । लब्दिखोला लघुजलविद्युत परियोजनाको भत्किएको नहर मर्मतपछि विद्युत संचालनमा आएको हाे ।

खार, खौलार बजार क्षेत्रमा वैकल्पिक रुपमा प्रयोग भैरहेको बडिगाड लघुजल विद्युत परियोजनाको विद्युत केहि दिन अगाडि आएपनि टेलिकमको टावरमा विद्युत नभएको कारण ग्वालिचौर क्षेत्र टेलिफोन सम्पर्क विच्छेद भएको थियो।

लब्दिखोला लघुजलविद्युतको परियोजनाको विद्युत सुचारु भएसंगै ग्वालीचौरको टेलिफोन संपर्क सुचारु भएको छ भने विद्युतका कारण अवरुद्ध सवै व्यवसाय सुचारु भएका छन्। बडिगाड गाउँपालिकाको ३ लाख ५० हजार र परियोजनाको ३ लाख गरि कुल ६ लाख ५० खर्चमा नहर मर्मत गरि सुचारु गरिएको मर्मतको नेतृत्व गरिरहनुभएको स्थानीय नविन कुँवरले जानकारी दिनुभएयाे ।

पहिरोले बगाएको सो नहर निर्माणको लागि कुँवरकै नेतृत्वमा २६ जना कामदारहरुलाई दैनिक १२ घण्टा काममा खटाइएको थियो। ५ सय ५० घर वढि उपभोक्ताले उपयोग गर्ने सो ५६ किलोवाट क्षमताको विद्युत २०५९ साल देखि सञ्चालनमा आएको हो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *