सुतेकै ठाँउमा बेहाेस भेटिएकी युवतीकाे मृत्यु

आदर्श अनलाइन, पोखरा
पोखरामा सुतेको ठाँउमा अचेत अवस्थामा भेटिएकी एक युवतीको अस्पतालमा उपचारको क्रममा निधन भएको छ । कास्कीको पोखरा महानगरपालिका १६ बाटुलेचौरकी २८ वर्षीय शान्ता खड्काको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हिजो बेलुका खाना खाएर सुतेकी खड्का आज बिहान पौने १० बजेसम्म नउठेपछि भाइले उठाउन खोज्दा बेहोस अवस्थामा देखेको बताइएको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बेहोस भेटिएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

घटना बारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.क.ले जानकारी दिनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *