हराएको छ दिन पछि गलकोटका बृद्ध मृत फेला


–आदर्श अनलाइन, बागलुङ

हराएको छ दिन पछि गलकोटका एक वृद्ध मृत अवस्थामा फेला पर्नुभएकोे छ ।

असार १० गते बिहान घाँस काट्न जादा वेपत्ता हुनुभएका गलकोट नगरपालिका वडा नम्वर ६ कायसका ७० वर्षिय क्षेत्र बहादुर बुढाथोकी ६ दिनपछि झुन्डिएको अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

घाँस काट्न गई वेपत्ता हुनुभएको बुढा प्रहरी, स्थानीय, तालिम प्राप्त कुकुर तथा जनप्रतिनिधिको सहयोगमा खोजी गर्ने क्रममा झुन्डिएको शव फेला परेको थियो ।

उहाँको हातमा भएको सुनको औठी समेत कसैले नलगेका कारण उहाँले आत्महत्या गरेको आशंका छ तर अनुसनधान भइरहेको प्रहरी नायव उपरिक्षक हवारीले जानकारी दिनुभयो ।
उहाँको शव गलकोट नगरपालिका– ६ को घुडेनी माथी फेला परेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *