म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

आदर्श अनलाइन, म्याग्दी

जिल्लाको मंगला गाउँपालिका–२ मिठौलामा गए राती भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

सिमलचौरबाट पुर्णगाउँतर्फ जादै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तिबाट खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

मंगला गाउँपालिका–१ पुर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका बिमल बिकको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताउनुभयो। घाइते ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइते र मृतक सबै मंगला गाउँपालिकाको वडा नम्बर १ का हुन्।

१९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीय एञ्जिता भण्डारी, ८ वर्षीय अदिना नेपाली, ३५ वर्षीय गिता खत्री र २३ वर्षीय अमृता रसाइलीको बेनी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना भएको ठाउँको साँघुरो सडकको घुम्ति र ग्रेड मिलेको छैन।

जिप राति ८ बजेतिर सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो। घाइतेको स्थानीयबासी र प्रहरीले उद्दार गरेर बेनी पठाएका थिए। सिमलचौर–मिठौला–पुर्णगाउँ मंगलाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर १ लाई जोड्ने वैकल्पिक सडक हो।

कोरोना संक्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मंगलाको १ नम्बर वडा कुहुँलाई सिल गरिएको थियो। दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पुर्णगाउँतर्फ जाँदै थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *