आदर्श अनलाइन, तनहुँ
गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी नदिमाथिको झोलुङ्गे पुलमा बाढीले क्षति पुर्याएको छ । गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने पुलमा बाढीले क्षति पुर्याएको छ ।
झोलुङ्गे पुलको तनहुँतर्फको पिल्लर ढल्केको र केही भाग नदीमा डुबेको छ । पुलमा बाढीले क्षति पुर्याएसंगै दुई जिल्ला विचको आवतजावत ठप्प भएको छ ।