धौलागिरी आयुर्वेद औषधालय बागलुङको वार्षिक समिक्षा

आदर्श अनलाईन, बागलुङ

धौलागिरी आयुर्वेद औषाधालय बागलुङले जिल्ला स्तरीय आयुर्वेद सेवा सम्बन्धी समन्वय र वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी शुक्रबार सम्पन्न गरेको छ ।

कार्यक्रममा धौलागिरी आयुर्वेद औषाधालय बगालुङका प्रमुख डाक्टर सरोज कुमार रायले औषधालयको अहिलेसम्मको गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले पछिल्लो समय आयुर्वेद उपचार प्रति मानिसहरुको चासो बढेको भन्दै कोरोना महामारीमा पनि बिरामीहरु उपचारका लागि आएको बताउनुभयो ।

रायले चालु वर्ष ०७७/७८ को जेष्ठ सम्ममा ९ हजार ६ सय ३ जना मानिसहरुले औषधालयबाट सेवा लिएको जानकारी दिनुभयो । कोरोना महामारीबाट प्रभावित भएका मानिसहरुको पनि सफलता पुर्वक उपचार गरेको भन्दै यो वर्ष १ सय ४० जना मानिसहरु औषधी वितरण गरेको र ६ सय ५ जना मानिसहरुलाई रोग प्रतिरोधात्मक क्षमता वद्धी औषधी वितरण गरेको रायले बताउनु भयो ।

कार्यालयमा जनशक्तीको कमी भएता पनि सेवाग्राहीहरुलाई सक्दो सेवा दिने प्रयास गरेको उहाँले बताउनु भयो । कोरोना महामारीलाई मध्यनजगर गरि अनलाइन मार्फत स्वास्थय जीवन कार्याक्रम अन्तर्जत योग अभ्यास १ हजार १ सय ३ जनालाई गराएको रायले जानकारी दिनुभयो ।

औषधालयले जिल्लाका सरकारी आयुर्वेद संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई विभिन्न समय आयुर्वेद सेवा सम्बन्धी क्षमता अभिवृधी तालिम दिएको जानकरी दिनुभयो ।

कार्यक्रममा बलेवा आयुर्वेद औषधालय, बागलुङ, दमेक र बेलवगर आयुर्वेद औषधालय, जैमिनी, बिंहु आयुर्वेद औषधालय, काठेखोला, बुर्तिबाङ आयुर्वेद औषधालय, ढोरपाटन तथा नागरिक आरोग्य सेवा केन्द्रहरु बडिगाड र ताराखोलाका प्रमुखहरुले चालु आर्थिक वर्षको गतिविधि तथा प्रगति प्रस्तुत गरेका थिए ।

सबै औषधालय र नागरिक आरोग्य केन्द्रहरुले कोभिड–१९ मा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधी वितरण गरेको विवरण समेत प्रस्तुत गरेका थिए । कार्याक्रम धौलागिरी आयुर्वेद औषधालयका अध्यक्ष राजिव घिमिरेको अध्यक्षता र औषधालयका कविराज निरीक्षक डा. कमल बिक्रम पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा आर्थिक वर्ष ०७७/०७८ को वार्षिक समिक्षा र आगामी वर्षको योजना तर्जुमा सम्बन्धि छलफल भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *