गण्डकी प्रदेशमा थप ३ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १८६ जनाको नमुना परीक्षण गरिएकोमा कास्कीका १९४ सहित म्याग्दीका २१ जना, पर्वतका १० जना, गोरखाका ९ जना, लमजुङका १४ जना तनहुँका ४४ जना, बाग्लुङका २७ जना स्याङ्जाका १२ जना, मुस्ताङका २ जना र नवलपुरका ४६ जना गरी प्रदेशका १० जिल्लामा १९८ पुरुष तथा १८१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ५७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ११६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७७ पुगेको छ ।

गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९५८ पुगेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *