सहकारी दिवसमा आदर्शको स्वास्थ्य उपचारमा सहयोग


आदर्श अनलाइन, बागलुङ
९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले २ जना बिरामीलाई स्वास्थ्य उपचारका लागि शनिवार आर्थिक सहयोग गरेको छ ।
स्वास्थ्य उपचारमा समस्या परेका काठेखोला गाउँपालिका वडा नं.२ भीमापोखराका चन्द्र बहादुर सार्की र मृगौला पीडित बागलुङ नगरपालिका वडा नंं ९ तित्याङका प्रकाश खड्कालाई ५/५ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।

पेट फुल्ने समस्याका कारण धौलागिरी अस्पतालमा ३ दिन अघि भर्ना भएका सार्की र दुवै मृगौलाले काम गर्न छोडेका कारण काठमाडौंमा उपचार गराउदै आएका खड्कालाई उपचारमा आर्थिक समस्या भएको भन्दै सहयोगका लागि आव्हान गरिएकोले सहयोग गरिएको संस्थाले जनाएको छ ।
अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर स्वास्थ्य उपचारमा समस्या परेका दुइ जनालाई जनही ५ हजार रुपैया सहयोग गर्ने निर्णय संस्थाको सञ्चालक समितिले गरेको थियो । कोेरोना संक्रमणका कारण सहकारी दिवस औपचारिक रुपमा मनाउन नसकिने अवस्था रहेकोले स्वास्थ्य उपचारमा समस्या भएकाहरुलाई सानो भए पनि सहयोग पुगोस भन्ने उद्देश्यका साथ आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) ले जानकारी दिनुभयो ।

धौलागिरी अस्पताल बागलुङमा उपचाररत सार्कीलाई संस्थाका सचिव ललिता थापाले सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । काठमाडौंमा उपचाररत खड्काको रकम आफन्तमार्फत पठाइएको छ ।

विश्वका सहकारीहरुको छाता संगठन अन्तर्राष्ट्रिय सहकारी महासंघको आव्हानमा प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिवार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवस यस वर्ष बन्दाबन्दीका कारण राष्ट्रिय सहकारी महासंघले भर्चुअल माध्यमबाट सम्पन्न गरेको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा सचेतनामुलक, रचनात्मक तथा सिर्जनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *