युरोकपको सेमिफाइनल समीकरण पूरा,अब जुलाई ६ मा सेमिफाइनल

आदर्श अनलाइन

युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो । डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

यी दुई टोली नै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै त्यसअछि पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्नेछन् । इंग्ल्याण्डबाहेक बाँकी तीन टिम युरोकपको पूर्व विजेता हुन् ।

इटली र स्पेनबीचको खेल जुलाई ६ तथा इग्ल्याण्ड र डेनमार्कबीचको खेल जुलाई ७ मा हुनेछ ।

दुवै खेल राति १२ स् ४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा हुनेछन् । दुई सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *