शहिद पार्कमा राष्ट्रिय युवा संघको वृक्षारोपण

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय युवा संघले बाङ्चौरमा रहेको शहिद पार्कमा वृक्षारोपण गरेको छ । शहिद पार्क शौन्दर्यका लागि १२० अमला, धुपि तथा कपुरका विरुवा रोपण गरेको छ ।

राष्ट्रिय युवा संघ बागलुङले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको विरुवा रोपेर बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि बोल्दै नगरप्रमुख जनकराज पौडेलले पर्यटक आर्कषित गर्नेगरी पुन शौन्दर्यकरणको काम थालिएकोमा राष्ट्रिय युवा संघले वृक्षारोपण गरेकोमा आभार व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष कृष्ण पाठकले मन्तव्य राख्नुभएको थियो ।

राष्ट्रिय युवा संघले १४० विरुवा रोपण गरेको छ । कार्यक्रम राष्ट्रिय युवा संघ जिल्ला सचिव दिपेन्द्र रेग्मीको सञ्चालत तथा राष्ट्रिय युवा संघका संयोजक बुद्ध बोहोराको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *