कोरोना संक्रमित गर्भवतीको वुर्तिवाङ स्वास्थ्य केन्द्रमै सफल सल्यक्रिया


आदर्श अनलाइन, बागलुङ

बागलुङको पश्चिम क्षेत्र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितले सल्यक्रिया मार्फत शिशु जन्माउनुभएको छ ।

ढोरपाटन नगरपालिका वडा–७ का २३ वर्षीया गर्भवती महिला कोभिड संक्रमित भई अस्पताल भर्ना हुनुभएको थियो । कोभिड संक्रमणका कारण स्वासप्रस्वासमा समस्या, खोकी लगायतका समस्या भएपनि सफल शल्यक्रिया भएको स्वास्थ्य केन्द्रका डा.अलिन केसीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षा अपनाएर सल्यक्रिया गरेका थिए ।

कोरोना संक्रमणको लक्षण सहित स्वास्थ्य केन्द्रमा भर्ना हुनुभएको गर्भवतीको महिलाको सोमबार साँझ सल्यक्रिया गरिएको हो । स्वास्थ्य केन्द्रमा गर्भवतीको सल्यक्रिया सेवा सञ्चालित छ । जहाँ कोभिडको महामारीमा संक्रमित महिलाको सल्यक्रिया भने पहिलो भएको डा. केसीले जानाकारी दिनुभयो ।

सल्यक्रियामा डा. अलिन सहित स्वास्थ्यकर्मीहरु केशव थापा, शान्ति पौडेल, पार्वती अर्याल र बोनिशा घर्ती संलग्न रहनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *