मादीको किनारमा शव फेला

आदर्श अनलाइन, बागलुङ
कास्कीकी एक युवतीको शव मंगलबार लमजुङस्थित मादी नदीको किनारमा फेला परेको छ । मृतक कास्कीको मादी गाँउपालिका ९ मुग्रेबेसीकी अन्दाजी ३५ वर्षीय कल्पना अधिकारीको भएको प्रहरीले जनाएको छ ।

बिहान आठ बजेको समयमा लमजुङको मध्यनेपाल नगरपालिका ८ रामबजारस्थित मादी नदीको किनारमा अधिकारीको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक श्रवण कुमार बिकले जानकारी दिनु भएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी नायव निरीक्षक बिकले बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *