बागलुङमा खुले सार्वजनिक सवारी, निषेधाज्ञा साउन चार सम्म


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञा खुकुलो बनाउँदै साउन ४ सम्म लम्बाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयको आधारमा असार २५ देखि साउन ४ गतेसम्म निषेधाज्ञा अवधि बढाउने निर्णय भएको बताउनुभएको छ । यस अबधीमा सार्वजनिक तथा निजी सवारीसाधान सञ्चालनमा आउने भएका छन् ।
निषेधाज्ञा खुकुलो भएसंगै शुक्रवार रातीदेखि देखि लागु हुनेगरी निजी तथा सार्वजनिक सवारीसाधन जिल्ला भित्र सञ्चालनमा ल्याउने निर्णय भएको कार्कीले जानकारी दिनुभयो ।

यस अवधीमा फलफुल, तरकारी, खाद्यान्न लगायतका पसल बिहान दश बजेसम्म, होट तथा रेष्टुराँ वेलुका ७ बजे सम्म र फेन्सी, कस्मेटिक लगायतका व्यवसायिक पसलहरु बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि बिहान १२ बजेसम्म मात्रै खुल्ने व्यवस्था थियो ।

बिद्यालय र कलेज तथा शैक्षिक संस्थाहरु पूर्ण बन्द हुनेछन् । मठ मन्दिर तथा धार्मिक स्थलमा नित्यपूजा गर्न भने छुट दिइएको छ । यस्तै जिल्ला स्थित सरकारी कर्यालयहरु खुल्ने भएका छन् भने भीड भाड हुने कार्यालयहरु जस्तै जिल्ला प्रशासन, मालपोत र नापी स्थानीय तह अनुसार आलोपालो सेवा दिने भनिएको छ । यस्तै बैंक तथा वित्तिय संस्था भने नियमित सञ्चालन हुन पाउने भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *