कोरोनाबाट बडिगाडमा तीन दिनको फरकमा आमा छोराको मृत्यु

फाइल तस्बिर

आदर्श अनलाइन,बागलुङ

जिल्लाकोको बडिगाड गाउँपालिकामा कोरोना संक्रमणबाट आमा छोरा दुवैको ज्यान गएको छ ।

बडिगाड गाउँपालिका वडा नं. ५ खार बजारका ५२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । दीर्घ रोग समेत भएकाले १५ दिन अघि उपचारका लागि पोखरा लगिएको थियो । तर, उपचारकै क्रममा गत असार २३ गते निधन भएको थियो ।

आमाको निधन भएको तीन दिन पछि ३५ वर्षिय छोराको समेत शनिबार साँझ चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो समय फेरि बडिगाड गाउँपालिकामा कोरोना संक्रमण र मृत्युदर बढ्न थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *