प्रमुख जिल्ला अधिकारीबाटै पत्रकारमाथि दुर्व्यवहार


आदर्श अनलाइन, बागलुङ


म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारहरुमाथि आइतबार दुव्र्यवहार गर्नुभएको छ । द्वन्द्व पीडित अधिकार समाज म्याग्दीले ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार साधन राम्जाली र धिरनबहादुर खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाएर प्रजिअले कार्यकक्षबाट निकालनु भएको छ ।


दृष्य र तस्बिर खिच्न रोक लगाई, धम्कीपूर्ण भाषा प्रयोग र दुब्र्यवहार गर्दै कार्यकक्षबाट निकालिएको पत्रकार राम्जालीले बताउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव राम्जाली म्याग्दी न्युज डटकम, आदर्शसमाज दैनिक, साधारण सदस्य खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, सम्बृद्ध साप्ताहिक, कोरला पोष्ट लगायत सञ्चार माध्यममा आवद्ध छन् ।


प्रजिअले समाचार संकलनका लागि गरेको अवरोध र पत्रकारहरुलाई गरेको दुब्र्यवहारको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले भत्र्सना गरेको छ । शाखा सचिब सन्तोष गौतमको हस्ताक्षरमा जारी विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीबाट भएको गैरजिम्मेवारपूर्ण ब्यवहार तथा कार्यशैली सच्चाउन माग गरिएको छ । पत्रकारलाई भएको दुब्र्यवहारप्रति म्याग्दी मिडिया सोसाइटी, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले पनि बिरोध र आपत्ती जनाएका छन् ।


प्रजिअ अधिकारीले भने पत्रकारलाई नचिनेर युट्युवर ठानेर अनुमति मागेर मात्रै तस्बिर खिच्न अनुरोध गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *