मन्दिर जाँदै गरेको ई–रिक्सा दुर्घटना, चालक सहित चार जना घाइते

आदर्श अनलाइन,बागलुङ

बागलुङ बजारबाट मन्दिर जाँदै गरेको अटो रिक्सा मंगलबार दिउँसो दुर्घटना भएको छ ।

धौलागिरी चोकबाट कालिका भगवती मन्दिर दर्शनका लागि यात्रु लिएर जाने क्रममा ध १ ह २ नम्बरको ईरिक्सा बांगेचौरमा दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

घाइते हुनेमा काठेखोला गाउँपालिका १ करिनाका ३८ वर्षीया सन्तु विक, वर्ष १७ कि सुश्मा विक, बानपा १२ की ४२ वर्षिया मिना पौडेल, बानपा ३ गुठी घर भएका चालक ५८ वर्षिय दलबहादुर उचाल, काठेखोला १ अक्षेते बस्ने वर्ष ३१ कि गिता विक रहेका छन् । घाइते सबैको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हात, खुट्टा, टाउको लगायतमा चोट लागे पनि खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *