ताराखोलामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
ताराखोला गाउँपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शंकास्पद लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले ३२ जनामा एन्टिजेन परीक्षण गरेको थियो । अमरभुमी स्वास्थ्य चौकीमा १० जनामा परीक्षण गर्दा ६ जना, अर्गल स्वास्थ्य चौकिमा १ जना, हिल स्वास्थ्य चौकीमा १५ जनामा गरिएको परिक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थापाले बताउनुभयो ।

यो संगै ताराखोलामा सक्रिय संक्रमितको संख्या ३३ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *