विपक्षी विरोधका बिच गण्डकी प्रदेशमा मार्सल लगाएर बजेट पारित

आदर्श अनलाइन, पोखरा

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको विरोध र सदन बहिस्कारका बीच गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।

प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए । वेल घेराउ गरेका प्रतिपक्षी सांसदलाई सभामुखले मार्सल लगाएका थिए । मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेटाघचेट भएको थियो । आफूहरुको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिस्कार गरेको थियो ।

प्रतिपक्ष बाहिरिएपछि सभामुखले सत्तापक्षका सांसदलाई बजेटमाथिको छलफलमा बोल्न दिई रीत पु¥याउँदै बजेट पारितको प्रस्ताव राख्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मौका दिएका थिए ।
अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पोखरेलले विनियोजन विधेयक लगायत विधेयक पारित गर्न राखेको प्रस्ताव सत्ता पक्षका बहुमत सांसदले पारित गरेका थिए । पोखरेलले १ असारमा ३० अर्बको बजेट ल्याएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *