बागलुङका पाठक राससको प्रधान सम्पादकमा नियुक्त

काठमाडौं : राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादकमा एकराज पाठक नियुक्त भएका छन् ।

हाल कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य उनले १० औँ तहमा बढुवासहित आउँदो साउन १ गतेदेखि लागु हुने गरी प्रधान सम्पादकको जिम्मेवारी प्राप्त गरेका हुन् । उनी बागलुङ बलेवा अमलाचौरका हुन् । 

पाठकलाई बिहीबार रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीका उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिए ।

साथै नवनियुक्त नायब महाप्रबन्धकहरुले पनि उनलाई बधाई दिए । हाल प्रधानसम्पादक रहेका श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा भएका छन् । यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरराष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा भएकामा अध्यक्ष तथा महाप्रबन्धकले बधाई दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *