आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ ।
जिसीको स्वास्थ्य जाँच गरेका डा. बालगोपाल श्रेष्ठका अनुसार उनलाई पहिलेदेखि नै उच्च रक्तचाप थियो । मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा मष्तिकघात भएको हो ।
पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको र मेयर जिसीको अवस्था सुधारोन्मुख भए पनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि न्यूरो अस्पताल काठमाण्डौं लैजाने तयारी गरिएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।