‘डाँडाघरे साइली’ एक सातादेखि युट्युव ट्रेण्डिङमा

आदर्श अनलाइन,बागलुङ

लोकप्रिय गायक स्वरुप आचार्य र गायिका लक्ष्मी मल्लको आवाजमा रहेको नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘डाँडाघरे साइली’ बोलको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको एक साता देखि युट्युव ट्रेण्डिङको १९ औं स्थानमा छ । अनिल केसीको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो आफ्नो मन युट्युव च्यानलमा हेर्न सकिनेछ ।

हृदयस्पर्शी गीतकारको परिचय बनाएका कुशल सर्जक कृष्ण केसीको शव्द र चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको संगीत रहेको यो गीतको म्युजिक भिडियो हाल सम्म ७ लाख ४९ हजार भन्दा बढी पटक हेरिसकिएको छ । गाउँघरको मौलिक विषयवस्तु समेटेर तयार गरिएको गीत र म्युजिक भिडियोले श्रोता दर्शकको मन जित्ने विश्वास व्यक्त गरिएको संगीतकार श्रीकृष्णबम मल्लले बताए ।

देबेन्द्र बब्लुले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा चर्चित गायक तथा मोडेल प्रकाश सपुत, शिल्पा पोखरेल, करिश्मा ढकाल, श्रीकृष्ण बम मल्ल लगायतको नाँच र अभिनय छ । यो गीतको म्युजिक भिडियो लिंक तल हेर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *