जन्मदिनमा चर्चित गायक खत्रीको तीज गीत ‘उपहार’

आदर्श अनलाइन,बागलुङ

लोकप्रिय गायक बिष्णु खत्रीले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ तीज गीत र म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक तथा सर्जक खत्रीको शव्द तथा संगीतमा रहेको गीतमा गायिका रिना केसीले साथ दिएकी छिन् । सुमधुर क्रियशनले बजारमा ल्याएको गीतको म्युजिक भिडियो होम गुरुङको निर्देशनमा ओवी रायमाझी, सारिका केसी लगायतको नृत्य र अभिनय देख्न सकिनेछ ।

अहिलेको कोरोना, प्राकृतिक विपद्का लगायतको अनेकन कहरलाई समावेश गरेर समसामयिक रुपमा तयार गरिएको गीत र म्युजिक भिडियोले श्रोता दर्शकको माया पाउने गायक खत्रीले विश्वास व्यक्त गरे । ‘अहिले एक पछि अर्को रोगब्याधी, विपद्बाट आम जनजीवन सकसपूर्ण बनेको छ,’ खत्रीले आदर्श सञ्चारसँग भने, ‘मानव सभ्यतामै कठिन अवस्थामा हुँदा यसका दुःख, कठिनाइ, पीडा सर्वत्र छ, यसलाई थोरै भए पनि गीत संगीतको माध्यमबाट केही कम गर्न सकिन्छ कि भन्ने अभिप्रायले नयाँ तीज गीत ल्याएका हौ ।’

जनवादी गायकको समेत परिचय बनाएका खत्रीका भरिया दाइ, किसानी दाइ, जम्मु काश्मिरमा, नयाँ जमाना लगायतका दर्जनौ गीत चर्चित छन् ।

यो पनि पढ्नुहोस्