महानगर प्रमूख जिसीकाे न्यूराे अस्पतालमा सफल शल्यक्रिया

आदर्श अनलाइन, पोखरा
काठमाण्डाैं स्थित न्यूराे अस्पतालमा उपचाररत पाेखरा महानगरपालिकाका प्रमूख मानबहादुर जिसीकाे आज गरिएकाे शल्यक्रिया सफल भएकाे छ ।

उपेन्द्र देवकोटा मेमोरियल अन्तर्गत संचालित न्युरो अस्पतालका न्युरो सर्जनहरुको टिमले २ घण्टा लगाएर गरेको उहाँकाे  ‘हेमिक्यानिक्टाेमी’ शल्यक्रिया सफल भएको छ । उहाँकाे स्वास्थ्य अवस्था सुधाराेन्मूख रहेकाे छ ।

उच्च रक्तचापका कारण शुक्रबार बिहान उहाँलाई मस्तिष्कघात भएकाे थियाे । बिरामी हुनु भएका प्रमूख जिसीलाई थप उपचारका लागि हिजाे नै  हेलिकोप्टरमार्फत् काठमाडौंस्थित न्युरो अस्पतालमा लगेर थप उपचार भइरहेको छ ।

शुक्रबार बिहान असहज महसुस भएपछि उहाँलाई तत्कालै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पतालमा पु¥याइएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले उहाँको शरीरको देब्रेतर्फ समस्या भएको छ  । उहाँकाे स्वास्थ्य अवस्था हिजाेदेखि नै सुधार हुँदै गएकाे थियाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *